काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज सुर्खेतमा चुनावी सभा आयोजना गर्ने भएको छ ।
बिहीबार सुर्खेतको घण्टाघर चोकमा ‘हामी आउँदै छौं’ भन्ने नारासहित रास्वपाले विशेष सभा गर्न लागेको हो । उक्त सभामा पार्टीका सभापति रवि लामिछाने र झापा–५ का उम्मेदवार बालेन शाह लगायतका नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

यसअघि बुधबार रास्वपाले धनगढीमा ‘हामी आयौँ परिवर्तनका लागि’ भन्ने नारासहित परिवर्तन उद्घोष सभा सम्पन्न गरेको थियो । सो कार्यक्रममा पनि रवि लामिछाने र बालेन शाह सहभागी भएका थिए ।
सुदूरपश्चिमका विभिन्न जिल्लाबाट उम्मेदवार, अगुवा नेता तथा कार्यकर्ताहरूको बाक्लो उपस्थिति देखिएको रास्वपाले जनाएको छ । पार्टीले अहिले चुनावी अभियानलाई देशभर तीव्रता दिएको छ ।






