संजय सहनी रौतहट / पुस ३ गते ।
रौतहटको सदरमुकाम गौरमा आन्तरिक राजस्व कार्यालय स्थापनाको माग गर्दै उद्योग वाणिज्य संघ रौतहटले बिहीबार विरोध प्रदर्शन गरेको छ।
वर्षौंदेखि कर सम्बन्धी सामान्य कामका लागि पनि छिमेकी जिल्ला बाराको सिमरा धाउनुपर्ने बाध्यताको अन्त्य गर्न माग गर्दै व्यवसायीहरू सडकमा उत्रिएका हुन्।
प्रदर्शनमा सहभागी व्यवसायीहरूले विभिन्न माग र नारा सहित कर कार्यालय अगाडि धर्ना दिएका थिए।
सामान्य कर तिर्न, कर चुक्ता प्रमाणपत्र लिन वा प्यान (PAN) र भ्याट (VAT) सम्बन्धी कामका लागि रौतहटबाट सिमरा पुग्नुपर्दा समय र पैसा दुवैको अनावश्यक खर्च हुने गरेको व्यवसायीहरूको गुनासो छ।
उद्योग वाणिज्य संघ रौतहटका महा सचिव सन्तोष केशरीका अनुसार यो समस्याले ठूला उद्योगीलाई मात्र नभई साना पसल र व्यवसाय सञ्चालन गर्नेहरूलाई समेत निकै झन्झटिलो र खर्चिलो बनाएको छ। “कर बुझाउनु नागरिकको कर्तव्य हो, तर कर बुझाउने प्रक्रियालाई नै यति कष्टकर बनाइनु दुःखद रहेको महासचिव केशरीले गुनासो गरेका छन् ।
जिल्ला सदरमुकाम गौरमा महत्वपूर्ण प्रशासनिक कार्यालयहरू नहुँदा यहाँको आर्थिक चहलपहल र व्यापारिक गतिविधिमा समेत गिरावट आएको संघका अध्यक्ष रवि यादवले बताए।
उहाँले राज्यलाई कर बुझाउन व्यवसायीहरू सधैँ तयार रहेको उल्लेख गर्दै राज्यले सेवा दिने कार्यालय पनि पायक पर्ने स्थानमा बनाउनुपर्नेमा जोड दिए।
अध्यक्ष यादवले -“हामी कर तिर्न चाहन्छौँ, तर कर तिर्नकै लागि दिनभरिको समय र हजारौँ रुपैयाँ खर्च गरेर अर्को जिल्ला जानुपर्ने बाध्यता कहिलेसम्म?”रहने भनेर प्रश्न गरे।
प्रदर्शनका क्रममा संघका प्रतिनिधिहरूले गौरमा तुरुन्त आन्तरिक राजस्व कार्यालय वा कम्तिमा राजस्व सेवा केन्द्र स्थापना गर्न सरकारसँग माग गरेका छन्। यथाशीघ्र माग सम्बोधन नगरिए आन्दोलनलाई थप सशक्त बनाइने र व्यवसाय ठप्प पार्नेसम्मका कार्यक्रमहरू ल्याउन सक्ने चेतावनी संघले दिएको छ।
व्यवसायीहरूले जिल्ला प्रशासन कार्यालयमार्फत अर्थ मन्त्रालयलाई ध्यानाकर्षण गराउँदै आफ्नो माग चाँडो भन्दा चाँडो पुरा गर्न आग्रह गरेका छन्।
गौरमा आन्तरिक राजस्व कार्यालय स्थापनाको माग गर्दै प्रदर्शन, व्यवसायी आन्दोलित
गौरमा आन्तरिक राजस्व कार्यालय स्थापनाको माग गर्दै प्रदर्शन, व्यवसायी आन्दोलित

- अ-
- अ
- अ+
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु





